ताजा सूचना
डेन्टल सर्जन र बायोमेडिकल टेक्निसियन पदको अन्तिम नतिजा प्रकासन
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

सूचना तथा समाचार

  •  /
  • सूचना तथा समाचार

मेथिनकोट अस्पतालमा निःशुल्क डायलासिस

मेथिनकोट २०८०-०५-२७ डाउनलोड

काभ्रेपलाञ्चोक, भदौ १९ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, भकुन्डेबेँसीमा रहेको मेथिनकोट प्रादेशिक अस्पतालले निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । सोमबारदेखि निःशुल्क डायलासिस सेवा सुरु गरेको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिनुभयो । उहाँले मङ्गलबारदेखि बिरामीको उपचारका लागि दुई चिकित्सक र दुई स्वास्थ्यकर्मी (नर्स) को व्यवस्थापन गरिएको जानकारी दिँदै अस्पतालमा डायलासिसका लागि पाँच वटा मेसिन जडान गरिए पनि हाललाई तीन वटा मेसिनबाट सेवा प्रदान गरिने बताउनुभयो । “अस्पतालमा डायलासिस सेवा लिन आउने बिरामीका लागि तीन वटा मेसिनमार्फत दुई सिफ्टमा गरी दैनिक छ जनालाई निःशुल्क डायलासिस गरिने छ,” डा. दाहालले भन्नुभयो । 

सुपरिन्टेन्डेन्ट डा. दाहालले बिरामीको चाप बढेको खण्डमा अस्पतालमा रहेका अन्य मेसिनबाट पनि सेवा प्रदान गरिने बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा डायलासिसका लागि आवश्यक पर्ने उपकरण र डायलासिस सेवा सुरु गर्न आवश्यक पर्ने कोठाको व्यवस्थापन नमोबुद्ध नगरपालिकाले गरेको हो । 

डा. दाहालले पछिल्ला दिनमा अस्पतालले बिरामीका लागि निःशुल्क श-या उपलब्ध गराएको, अति विपन्नका लागि दुई हजार रुपियाँसम्मको निःशुल्क उपचार, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत आठ सय जनाको निःशुल्क सम्पूर्ण (होल बडी) जाँचको व्यवस्था रहेको बताउनुभयो । उहाँले आगामी आइतबारदेखि पाठेघरको मुखको क्यान्सर जाँच सेवा सुरु गर्ने तयारी गरिरहेको बताउनुभयो । 

विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना गरिएको मेथिनकोट अस्पताल २०६६ फागुन ५ गते १५ श-या र आव २०७७/७८ मा प्रदेश सरकार मातहत ल्याई ५० श-यामा स्तरोन्नति गरेको थियो । मेथिनकोट अस्पतालबाट विशेषज्ञ चिकित्सकबाट जनरल मेडिसिन, ओपिडी, डेन्टल, मानसिक रोग, भिडियो एक्सरेलगायतका सेवा उपलब्ध हुँदै आएका छन् । मेथिनकोट अस्पतालको स्तरोन्नति भएपछि पूर्वी पहाडी तथा पूर्वी तराईका जिल्लामा जाने बिपी राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेले समयमै उपचार सेवा पाएका छन् ।

Back to Top